

काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । देशव्यापी संघर्षको कार्यक्रमअन्तरगत आज देश्व्यापी कोणसभा गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयले जनाएको छ । साताव्यापी घोषणा भएको कार्यक्रममा भदौ २८ गते काठमाडौँमा बृहत् जनसभा गरिने नेकपाले जनाएको छ ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेको छ । नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको भन्दै राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
