काठमाडौं । सरकारले प्रतिनिधिसभालाई दार्चुला घटनाको विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे आजको संसद् बैठकमा जानकारी गराउने भएको छ ।
प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बोलाइएको छ । उक्त बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे जानकारी दिन लागेका हुन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय