एजेन्सी। तालिबानले मंगलबारसाँझ अफगानिस्तानमा अन्तरिक सरकार घोषणा गरेको छ ।
तालिबानले अब अफगानिस्तान इस्लामिक इमिरेड्स भएको समेत बताएको छ ।
तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा मुल्ला मुहम्मद हसन अखुन्दजादा सरकारको प्रमुख हुने घोषणा गरे ।
यस्तै मुल्ला अब्दुल गनी बरादर उपप्रमुख हुनेछन् । बरादर तालिबानका सहसंस्थापक हुन् ।
यस्तै गरी तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला याकुब रक्षामन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्री हुनेछन् ।
हक्कानी अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको आतंकवादीको सूचीमा छन् । उनी हक्कानी नेटवर्कका प्रमुख हुन् । तालिबान प्रवक्ताले यो अन्तरिम सरकार भएको बताए ।
उनले भने, ‘हामीलाई थाहा छ कि हाम्रो देशका जनता नयाँ सरकारको प्रतीक्षामा छन् । आगामी दिनमा पूर्ण सरकार गठनको काम हुनेछ । अखुन्दजादा त्यसबेलासम्म मन्त्रिपरिषदका संरक्षक हुनेछन् ।’
तालिबानले १५ अगस्टमा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।