संघीय संसदको नवौँ अधिवेशन बुधबारबाट सुरु हुँदैछ । मंगलबार प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
जसमा संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनेदेखि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ ।
यस्तै, सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन् । र अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय