• अपानि जारी गर्दै एकीकृत समाजवादीले गर्‌यो जिम्मेवारी बाँडफाँट

  • नेकपा (एकीकृत समाजवादी)ले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ ।

    एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार पार्टीको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ । पद नखुलाइएको भए पनि भुसाल महासचिवको भूमिकामा रहने देखिएको छ ।

    भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन् ।

    त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एकीकृत समाजवादीले दस्तावेज मस्यौदा समिति गठन गरेको छ । समितिमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक सदस्यको रुपमा छन् ।

    भदौ १८ गते जारी गरिएको अपानि अनुसार प्रदेश एकको इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश दुईको इन्चार्जमा धर्मनाथ साह, वागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने, गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशको इन्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इन्चार्जमा प्रकाश ज्वालालाई जिम्मेवारी दिइएको छ ।

    यस्तै, उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ, मोर्चा ईन्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा, प्रवास क्षेत्र इन्चार्जमा श्रीप्रसाद साहले जिम्मेवारी पाएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय