• राष्ट्रपतिद्वारा भदाै २३ गते संसद अधिवेशन आह्वान

  • काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन भदाै २३ गते आह्वान गरेकी छन्।

    नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी हुन् ।

    सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ ।

    आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि समेत ल्याउने तयारी गरेको छ ।

    शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्नि सापकोटासँग परामर्श गरेका थिए।

    यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलपछि बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय