• माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने निर्णय गरेको हो ।

    माओवादी केन्द्रले बुधबार औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । आज समर्थन फिर्ताको निर्णय ढिला गरी भएकाले भोलि मात्रै समर्थन फिर्ता लिने भएको हो ।

    माओवादी केन्द्रले सरकारलाई आफूहरुको पहिलेदेखि नै समर्थन नरहेको भएपनि औपचारिक रुपमा नै फिर्ता लिन लागेको जनाएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता नलिई प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने तयारी गरिसकेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय