• कर्रा खोलाले ट्रकसहित दुई जनालाई बगायो

  • हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आज आएको भेलले एक ट्रकसहित दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    शिवम् सिमेन्ट उधोगबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख १४४० नंम्वरको ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अर्का ४२ वर्षीय गणेश थापा मगरलाई बगाएको हो । खोलामा आएको भेलले उक्त ट्रक र हराएका व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय