• ‘म तालिबानलाई घृणा गर्छु, उनीहरुले कहिले जित्नेछैनन्’

  • अफगानिस्तानको केन्द्रीय प्रान्त परवानबाट भारतको नयाँ दिल्लीमा आएर बसिरहेकी २१ वर्षीया युवती अदिबा कय्युमी तालिबानलाई चुनौति दिइरहेकी छन्–उनीहरुले कहिल्यै जित्नेछैनन् ।

    उनले भनिन्, ‘म सबैभन्दा बढी तालिबानलाई घृणा गर्छु र हार मान्दिनँ । तालिबानले अफगान महिला र उनीहरुको सपनामा पर्खाल बनेर खडा भएका छन् । तर हामी यो पर्खाल आफ्नो आवाजका माध्यमबाट तोडेरै छाड्छौं ।’

    अदीबा क़य्यूमी

    १५ अगस्टमा तालिबानले काबुलमाथि नियन्त्रण कायम गरेका थिए । त्यसपछि अफगानिस्तान छाड्न काबुल पुग्नेको भीडले विश्वको ध्यान खिचेको थियो ।

    अदिबा कय्युमी भन्छिन्, जब उनलाई यसबारेमा थाहा भयो, तब उनको पुरै परिवारका सदस्यहरु रुन थाले र उनीहरुले अफगानिस्तानमा भएकी बहिनीलाई फोन गरे । ती दुई घन्टा कति बेचैन गर्ने र तनावपूर्ण थिए भन्ने कुरा शब्दमा बयान गर्न सकिदैन ।

    अदीबा क़य्यूमी

    उनी भन्छिन्, ‘हामी लगातार आफ्नी बहिनीसँग सम्बन्ध गर्ने कोशिस गरिरहेका थियौं । दुई घन्टासम्म हाम्रो सम्पर्क हुन सकेन । तर जब उनले फोन उठाएपछि हामीले आफन्तसँगै नातेदार र आफन्तको द्दरमा भागेर जान भन्यौं । यदि तालिबानले उनको बारेमा थाहा पाए भने मारिदिनेछन् ।’

    अदिबा गहभरी आँसु पार्दै भन्छिन्, जब उनलाई तालिबानले कब्जा गरेको थाहा भयो तब उनलाई सन् २०१९ मा अफगानिस्तानबाट भागेर भारत आउँदाका दृश्यहरु आँखामा घुम्न थाले । अदिबा कय्युमीको परिवार अफगानिस्तानको परवान प्रान्तमा बस्थ्यो । उनी नोभेम्बरमा भारत आइन् र केही महिनापछि नै लकडाउन भयो ।

    अदीबा क़य्यूमी

    देश किन छाडे ?

    दिल्लीको भोगल इलाकामा आफ्नो परिवारसँग बसिरहेकी अदिबा देश छाड्नुपर्ने कारण बताउँदै भन्छिन्, ‘मेरी आमा त्यहाँ नागरिक अधिकारका लागि काम गर्नुहुन्थ्यो । उहाँलाई लगातार मार्ने धम्की आइरहेको थियो । मेरी काकाकी छोरी फरिस्ता पनि त्यहाँ मानवअधिकारको क्षेत्रमा काम गर्थिन् र उनको हत्या भयो । हाम्रो जीवन नै खतरामा परेपछि आफ्नो ठाउँ छाडेर यहाँ आउनुपर्‍यो ।’

    उनी भन्छिन्, ‘तालिबानसँग मेरो अनुभव निकै खराब छ । हामी भागेर यहाँ आउँदा धेरै नराम्रो अवस्था थियो । मैले पढाइ अधुरो छाड्नुपर्‍यो । म यहाँ एक अनुवादकको काम गर्छु । म कुनै औपचारिक पढाइका लागि भर्ना हुन सक्छु कि भनेर पर्खिरहेकी छु ।’

    सपना टुटे

    उनी भन्छिन्, ‘जब म कुनै डाक्टरलाई सेतो एप्रोनमा देख्छु। तब मलाई पनि यस्तै देखिन्थे होला जस्तो लाग्छ । तर अब म अनुवादक हुँ। सम्झनुहोस् म कस्तो अनुभूति गर्छु होला, यो सबै तालिबानका कारण भएको हो ।’

    अदीबा क़य्यूमी

    अदिबा कय्युमी अफगानिस्तानमा ब्याचलन अफ मेडिसिन र ब्याचलर अफ सर्जरी (एमबीबीएस) को पढाइ गरिरहेकी थिइन् । तर पहिलो वर्ष पढ्दापढ्दै अफगानिस्तान नै छाड्नुपर्‍यो । उनले १२ कक्षामा ९९.८५ प्रतिशत ल्याएकी थिइन् र उनी टपर थिइन् ।

    अपिल

    यसै वर्षको १७ अगस्टमा अदिबा कय्युमीले अनलाइन निवेदन सुरु गरिन् । यसका माध्यमबाट उनले अफगानिस्तानबाट भागेका हजारौं महिला र बच्चाहरुलाई शरण दिन अपिल गरिरहेकी छन् ।

    उनको यो अपिलमा अहिलेसम्म चार लाखभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । दिल्लीस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीको कार्यालय बाहिर अफगान नागरिकले शरणार्थीको मान्यता दिन माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

    यो प्रदर्शनमा अदिबा पनि सहभागी छन् । तर अहिलेसम्म उनीहरुको अपिलको कुनै जवाफ आएको छैन । उता तालिबानले ‘इस्लामिक इमिरेड्स’ को नयाँ सरकारको खाका छिट्टै सार्वजनिक गर्दैछ । तालिबानले भने नयाँ सरकार समावेशी बन्ने र त्यसमा महिला पनि सहभागी गराउने बताउँदै आएको छ । तालिबानको यो भनाईमा अदिबालाई भने कुनै विश्वास छैन । उनी तालिबानले महिलालाई सम्मान नगर्ने र सरकारमा सामेल हुने कुरा शब्दमा सीमित हुने ठान्छिन् ।

    विश्वास

    अदीबा क़य्यूमी

    तालिबानको शासनलाई आफूहरुले स्वीकार नगर्ने उनी बताउँछिन् । उनी पढ्न र काम गर्न दिन्छन् भन्नेमा पनि विश्वास राख्दिनन् । अदिबाले तालिबानको शासन त देखिनन् । तर उनकी आमाले भोगेकी छन् । सन् १९९६ देखि २००१ सम्म तालिबानको शासन थियो ।

    उनले भनिन्, ‘मैले मेरी आमाबाट तालिबानको ज्यादतीका बारेमा बुझेकी छु । उहाँले धेरै कठिनसँगले आफ्नो पढाइ पूरा गर्नुभयो र एउटा स्थानसम्म पुग्नुभयो । मेरी आमा अफगानिस्तानको एक सफल महिला हुनुहुन्थ्यो । अहिले उहाँ घरको काममा सीमित हुनुहुन्छ र मेरा बाबु बेरोजगार हुनुहुन्छ ।’

    तालिबानको शासन अन्त्यपछि अफगानिस्तानमा विकास भइरहेको थियो । युवतीहरुलाई पढ्न र नोकरी गर्ने स्वतन्त्रता थियो ।

    उनले भनिन्, ‘अब फेरि उनीहरुको सत्ता आएपछि मेरो देश त्यस्तै बन्नेछ, जस्तो उनीहरुले छाडेका थिए । त्यसकारण हामी उनीहरुको सरकारलाई विश्वास गर्दैनौं ।’ अफगानी महिलालाई एकजुट हुन र तालिबानका सामू नझुक्न उनी आग्रह गरिरहेकी छन् । बीबीसीबाट अनुवाद

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस