• बागमती नदीमा एक युवककाे शव भेटियाे

  • काठमाडाैँ । बागमती नदीमा एक युवकको शव भेटिएको छ । काठमाडौंको मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो ।

    महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मिन लामाले शव काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङको भएको जानकारी दिए । बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको लामाले बताए ।

    उनको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको लामाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको लामाले बताए । शव प्रहरीले नै देखेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय