• निर्वाचन आयोग र सभामुखविरुद्ध ओलीले दायर गरे रिट

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी बनाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

    बुधबार अध्यक्ष ओलीले वारेसमार्फत निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध रिट दायर गरेका हुन् ।

    ओलीले रिटमा आफ्नो पार्टीले कारबाही गरिसकको व्यक्तिलाई सनाखत गराएर पार्टी विभाजन गरिएको उल्लेख गरेका छन् । सभामुख सापकोटाले कारबाहीमा परेका सांसदबारे जानकारी नदिएको उनको आरोप छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय