

तनहुँ । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस