काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेकी छन्।
सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । उनीहरु माओवादी केन्द्रसँग आबद्ध हुन्। यसअघि माओवादी केन्द्रका तिलक परियारलाई प्रदेश २ को प्रमुखबाट राष्ट्रपतिले पदमुक्त गरेकी थिइन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय