• काबुल विमानस्थल नजिकै विस्फोटनको आवाज

  • एजेन्सी। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको खबरहरू सार्वजनिक भएका छन्।

    सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको छ। काबुल नजिकै विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन्।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा पुनः हमला हुनसक्ने चेतावनी दिएको २४ घन्टा नबित्दै विस्फोट भएको हो।

    बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको जनाएका थिए।

    विस्फोटनको कारण स्पष्ट भइसकेको छैन तर स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका छन्।

    अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिरै बस्न भनेको छ।

    गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा १३ जना अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय