![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/harin.jpg)
सिकागो । अमेरिकी सरकारले विश्वमा पहिलोपटक हरिणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अमेरिकी कृषिविज्ञान विभागले ओहिओ प्रान्तमा जंगली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्दृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
यसअघि कुकुर, बिरालो, बाघ, सिंह, हिमचितुवा, गुरिल्ला, लोखर्केमा कोरोना संक्रमण पुष्टि भइसकेको रोयटर्सले उल्लेख गरेको छ ।
विश्वभर मान्छेसँग नजिक भएका जनावरमा संक्रमण देखिने गरेको पनि वताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय