![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/04/beaten-to-death-1538703563-1563041099-1592017534-1599378557.jpg)
खोटाङ। खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु भएको छ । शुक्रबार खसीलाई घाँस काट्न गएको बेला हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित दियाले जनचेतना प्राविमा कार्यरत ४१ वर्षीय पार्वती राईको मृत्यु भएको हो । आफ्नो नन्दसँगै घाँस काट्न गएकोबेला घर नजिकैको खुरी खोलामा लडेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटैमा मृत्यु भएको धितुङका वडासदस्य खेमराज कार्कीले जानकारी दिए ।
करिब ३० मिटरमाथिबाट खसेकी राईको ढुंगामा बजारिएर टाउको पछाडि गहिरो चोट लागेको र हात भाँचिएको अवस्थामा उद्धार गरेर उपचारका लागि अटोमा राखेर हलेसीतर्फ हिँडाइएको थियो ।
उनको शवलाई महादेवस्थानस्थित हलेसी सिद्धबाबा पोलिक्लिनिकमा राखिएको छ । ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक विदामा भएका कारण जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्ने प्रहरीले मुचुल्का तयार पारेपछि अन्य प्रक्रिया अघि बढाउने तयारी गरिएको वडासदस्य कार्कीले बताए । मृतकका श्रीमान भने विदेशमा छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)