![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/balkrishnaa-khand.jpg)
गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिबाट अप्ठेरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा आज भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिए ।
“अहिलेसम्म विपत्तिमा परेकाहरूको उद्धार, राहत र आवश्यक परेको स्थानमा बस्ती स्थानान्तरण गर्न देखाएको क्रियाशीलता सराहनीय छ”, मन्त्री खाँणले भने, “वर्षा अझै हुने र क्षति पुर्याउने सम्भावना भएका स्थानमा कसरी रोक्न सकिन्छ, पूर्व तयारी गर्नुहोला, सबैको समन्वयमा काम भइरहेकै छ, अझै पनि समन्वयमै काम हुन आवश्यक छ ।”
कतिपय स्थानमा पुल बगेर सडक र राजमार्ग नै अवरुद्ध भएका र बढी वर्षात भएका कारण गाउँ र बस्ती नै डुबानमा परेकाले ती अवस्थाबाट सहजता ल्याउन के गर्नु पर्ने हो समन्वय गर्न मन्त्री खाँणले निर्देशन दिए । सडक अवरुद्ध भएका स्थानमा डाइभर्सन, बेलिबृज निर्माण र जनशक्ति खटाएर उद्धार गर्ने काममा तदारुकता देखाउन पनि उहाँले आग्रह गरे ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)