![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ४५४, ललितपुरमा १६९ र भक्तपुरमा ९२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
त्यस्तै, आज २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख आठ हजार २३० जना निको भएका छन् ।
यस्तै आज नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)