![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/nepal-police.jpg)
काठमाडौं । आर्कर्षित ठाउँमा जान प्रहरीका लेखापालहरुले विभिन्न शक्तिकेन्द्रमार्फत आईजीपी शैलैश थापा क्षेत्रीलाई दवाव दिन थालेपछि लेखापालको नियमित सरुवा नै लथालिङग भएको छ ।
जसको कारण लेखापालहरुको सरुवा नहुँदा लेखापालको सरुवा अवधि पुगेका कार्यालयका प्रहरी कर्मचारीले साउन महिनाको तलबसमेत पाएका छैनन् ।
एक कार्यालयमा बसेको दुई वर्ष पूरा भइ सरुवा भएर जाने लेखापालले नयाँ आर्थिक वर्षको बजेट चलाउन पाउँदैनन् ।
त्यसैकारण पुराना लेखापालहरुले साउन महिनादेखिको तबल दिन नसकेका हुन् । लेखापालको सरुवामा ढिलाई भएपछि तलब खुवाउनकै लागि भए पनि पुरानै लेखापाललाई चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट तलब दिन प्रहरी प्रधान कार्यालयले पत्रचार गरेको छ ।
लेखापालको नियमित सरुवा असार अन्तिम साताभित्र हुने गर्छ । तर, यस वर्ष भर्दौको दोस्रो सातासम्म पनि सरुवा हुन सकेको छैन् ।
ठूलो बजेट आउने कार्यालयमा सरुवा हुन चाहाने लेखापालहरुको प्रतिस्पर्धाकै कारण सरुवामा ढिलाई भएको एक लेखापालले बताए ।
असईदेखि इन्स्पेक्टर दर्जासम्मका प्रहरीले एक पटक लेखासम्बन्धि तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको छ वर्षसम्म लेखामै बस्ने व्यवस्था छ ।
सरुवा बाहेक चालु आर्थिक वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको लतब बाहेक रासनभत्तामा १५ प्रतिशत वृद्धि गरेको थियो ।
तर, वृद्धि भएको रकमको दररेटसमेत प्रहरी प्रधान कार्यालयले मिलन गर्न सकेको छैन । प्रहरी र सशस्त्रका कर्मचारीको लागि सुगम र दुर्गम जिल्ला अनुसार रासन भत्ताको दररेट फरक–फरक हुन्छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)