![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/pull.jpg)
काठमाडौँ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व(पश्चिम राजमार्गको पुल भासिएको छ। अविरल वर्षापछि उक्त पुल भासिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए।
पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको छ। बिहीबार साँझदेखि परेको पानीले पूर्व(पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय