

चितवन – अविरल वर्षासँगैकाे पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । सडकको सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
भरतपुर महानगरपालिका-२९ सेतीदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा बिहीबार राति ८ः२० बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले दुवैतर्फ आवातजावत अवरुद्ध भएको छ । यो स्थानमा असार र साउन महिनामा पनि दर्जनौ पटक पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय