• प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरूको सनाखत आज हुँदै

  • काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ । बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसदरकेन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ ।

    सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावित उक्त पार्टीका नेताहरू मंगलबार पनि काठमाडौंको चन्द्रागिरिमा बसे । उनीहरू भेलाको लागि सोमबारै त्यहाँ गएका थिए । नेता प्रेम आलेका अनुसार आज त्यतैबाट निर्वाचन आयोग जाने तयारी गरिएको छ ।

    नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको माधवकुमार नेपाल पक्षलाई आयोगले सनाखतका लागि बोलाएको हो । त्यस्तै जनता समाजवादी पार्टी विभाजन गरेर नयाँ दल गठनको लागि निवेदन दिएका महन्थ ठाकुर समूह पनि आज नै सनाखतको लागि निर्वाचन आयोग जाँदै छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय