• एमालेले निर्वाचन आयोगलाई भन्यो : कारबाही गरिएका १४ जनालाई मान्यता नदिनू

  • नेकपा एमालेले कारबाही गरिएका १४ सांसदको हस्ताक्षरलाई दल विभाजनमा मान्यता नदिन माग गरेको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली मंगलबार आयोग पुगेर दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण लिएको हो ।

    एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

    सो टोलीले मंगलबार प्रमुख आयुक्त दिनेशकुमार थपलिया र सचिव सुरेश अधिकारीसँग भेटी १४ सांसदलाई निष्काशन गरिसकेकाले तिनीहरूसँग नयाँ पार्टी दर्ता गर्ने वैधानिक आधार नभएको तर्क राखेको थियो ।

    एमालेले उनीहरूलाई चार महिना पहिले दलको ह्वीप उल्लंघन गरेको अभियोग लगाउँदै भदौ १ मा पदमुक्त गर्न संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो । यद्यपि सभामुख अग्नि सापकोटाले पदमुक्त भएको सूचना टाँसेका छैनन् । संसद सचिवालयले पदमुक्तको सूचना नटाँसेसम्म सांसद पदमुक्त मानिँदैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस