रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले भूमि सुधार मन्त्रालय आफ्नो भागमा पर्ने बताएका छन् । पार्टीको दाङ निर्वाचन क्षेत्र नं। १ को आयोजनामा भएको भेलामा यस्तो बताएका हुन् ।
‘सम्भवत हाम्रो भागमा भूमि सुधार मन्त्रालय पर्छ’,उनले भने‘ प्रदेश, केन्द्र, स्थानीय तहसबैमा हाम्रो नेतृत्वमा सुकुम्वासी आयोग गठन हुन्छ, हामी चुनाबसम्म सबै सुकुम्वासीलाई जग्गा दिन्छौं ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले भूमिहिनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको र १० बर्ष अघिदेखि यो कार्य जारी रहेको भन्दै भूमिहिनहरुले जग्गा पाउने कुरामा ढुक्क हुन समेत आग्रह गरे ।
‘विद्येयक बनेको छ, कानुन बनेका छन्’,उनले भने‘ अब भूमि आयोग पुर्नगठनको काम भएको छ, जसरी पनि भूमिहिनलाई हामी जग्गा दिन्छौं ।’
उनले यसअघिको आयोगमा वेथितिहरु धेरै भएको समेत बताए ।‘देशै भर आयोगमा ज्वाई, साशुहरुलाई भर्ना गर्ने काम भयो’, उनले भने‘ जग्गा दिन्छौं भनेर धेरै ठाउँका सुकुम्वासीहरुबाट पैसा असूली गरेको भन्ने गुनासो पनि आएका छन् ।’
नेकपा९एकीकृत समाजवादी०को भविष्य उज्ज्वल रहेको समेत उनले बताए ।‘हामीसंग माधव नेपाल, झलनाथ खनाल र बामदेव कमरेड पनि हुनुहुन्छ’,उनले भने‘ चार नेता मध्ये उता तिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ ।’
साथै उनले एउटा दलले मात्रै लामो समय सत्ता सञ्चालन गर्न नसकेको इतिहास नभएको भन्दै अबको निर्वाचनमा कार्यगत एकता गरेर जाने गरी सम्झौता भएको समेत बताए ।
‘हामीले सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने, यदि त्यो भएन भनेपनि चुनाबी गठबन्धन गर्ने गरि सहमति भएको छ।’, उनले भने ।
अर्को प्रसंगमा लुम्बिनी प्रदेशको राजधानी ल्याउन शंकर पोखरेलको मात्रै भूमिका नभई प्रदेशको बीच भागमा पर्ने भएकाले भालुवाङ तोकिएको समेत बताए ।
शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको उनको भनाई थियो ।
साथै अहिले शंकर पोखरेलले देउखुरी क्षेत्रमा चुनाब लड्ने चर्चा रहेको भन्दै यदि देउखुरीमा चुनाब लड्न आए सम्पूर्ण खर्च व्यहोर्ने भनि व्यंग्य पनि गरे ।
‘यदि शंकर पोखरेल देउखुरी चुनाब लड्न आए भने म चुनाबमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्छु’,उनले भने‘ यो क्षेत्रमा आए भने हामी एक हजार पनि भोट कटाउन सक्दैनन् ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।