• ओली र बीजेपी नेताबीच भेटवार्ता

  • भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

    उनले आज बिहान नेकपा एमालेका अध्यक्ष तथा विपक्षी दलका नेता ओलीसँग भेट गरेका हुन् । भेटमा नेपाल भारत सम्बन्धलाई अझै बलियो बनाउने बारेमा सकारात्मक छलफल भएको जानकारी चौथाइवाले दिए ।

    उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएका थिए ।

    चारदिने अनौपचारिक भ्रमणका क्रममा नेपाल आएका
    चौथाइवालेले नेपालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस