

एमाले अध्यक्ष केपी ओलीले १० बुँदे सहमति पालना गरी पार्टीलाई जेठ २ मा फर्काउने प्रतिवद्धता जनाएका छन् । एमालेमा मध्यमार्गी धार लिएका नेताहरुसँगको छलफलमा अध्यक्ष ओलीले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउन सहमत भएका हुन् ।
साेमबार बिहान भएकाे वार्तामा सहमति जुटेसँगै अब एमाले एकतावद्ध भएर अगाडि बढ्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आज भएकाे सहमतिलाई र यसअघिकाे १० बुँदे सहमति कार्यान्वयनका लागि भाेलि बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमार्फत आवश्यक कार्यतालिका निर्माण गरिने पनि प्रवक्ता ज्ञवालीले बताए ।
अध्यक्ष ओली १४ जना सांसदलाई गरेको कारबाही पनि फिर्ता लिन सहमत भएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस