• पार्टी प्रवक्ता नहुने नारायणकाजी श्रेष्ठको भनाइ

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता रहिरहन अनिच्छा व्यक्त गरेका छन् । उनले आइतबारकाे स्थायी कमिटी बैठकमा आफू प्रवक्ता रहिरहन नचाहेको बताएका हुन् ।

    एक स्थायी कमिटी सदस्यका अनुसार आइतबारकाे बैठकमा समय अभाव भएको भन्दै उक्त विषयमा अर्को पटक छलफल गर्ने कुराकानी भएको छ । ‘म प्रवक्ताको जिम्मेवारीमा कति रहिरहने ?,” बैठकमा उनले भनेका थिए ।

    नारायणकाजी माओवादीको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । पार्टी एकता भएर नेकपा बन्नुअघि नेतृ पम्पा भुसाल प्रवक्ता थिइन् । नेकपामा प्रवक्ताको जिम्मेवारी सम्हालेका श्रेष्ठले नै नेकपा भङ्ग भएपश्चात् पनि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले पार्टीको महत्वपूर्ण विभाग (स्कुल विभाग)को जिम्मेवारी चाहेको ती स्थायी कमिटी सदस्य बताउँछन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस