![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/Prachanda-1-1.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ केही दिनदेखि अश्वस्थ भएका छन् । उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोले आएको उनको निजी सचिवालयले जनाएको छ।
केही दिनदेखि बिरामी परेर खुमलटारस्थित निवासमै आराम गरिरहेका उनलाई रुघाखोकी र ज्वरो आएपछि कोभिड-१९ परीक्षण गरिएको थियो । प्रचण्डको निजी सचिवालयकी सदस्य तथा छोरी गंगा दाहालले केही दिनदेखि स्वास्थ्यमा समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको बताएकी छन् । उनले प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको पनि बताएकी छन् ।
‘देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ’, उनले भनेकी छन्, ‘अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो। कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ ।`
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)