• माधव नेपाल समूहले दियो पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न निवेदन

  • नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गरेको दल नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ । आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाब दिएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।

    निर्वाचन आयोगमा शुक्रबार दिउँसो १ बजे नाम फेर्न निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता भएको हो ।

    गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँताएपछि सोही नाममा अर्को दल दर्ता हुन नसक्ने निर्वाचन आयोगले जनाएकाे छ ।

    एमालेबाट अलग भएका नेता माधवकुमार नेपाल पक्षले भदौ २ गते बुधबार अलग दल दर्ताको आवेदन आयोगमा दिएको थियो । आयोगले विहीबार मात्र दल दर्तासम्बन्धी नियमावली संशाधन गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय