• ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी दर्ता, वरिष्ठ नेतामा महतो

  • महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो ।

    पार्टीको अध्यक्ष ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए ।

    आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय