• भीम रावलको प्रश्न– चर्को विरोध गर्नेहरू अध्यादेशको बाटोमा किन ?

  • काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत उनले उक्त अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको बताएका हुन् । विगतमा यस्तै अध्यादेशको विरोध गर्नेहरू अहिले आफैँ त्यही बाटोमा लागेको उनको भनाइ छ ।

    “दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो,” उनले लेखेका छन्, “विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन रु २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?”

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय