• एमालेका १४ सांसदलाई साउन २५ गते नै पदमुक्त गरिएको थियो

  • काठमाडौं । नेकपा (एमाले)का १४ जना सांसदलाई एक साताअघि नै पदमुक्त गर्ने निर्णय गरिएको पाइएको छ । संसद् सचिवालयमा बुझाएको पत्रमा गएको साउन २५ गतेको निर्णयअनुसार पदमुक्त गरिएको जानकारी गराइएको छ । संसद् सचिवालय स्रोतबाट प्राप्त पत्रमा साउन २५ गते नै १४ सांसदलाई कारबाही गरिएको उल्लेख छ ।

    पत्र पहिल्यै तयार पारेर पछि केरमेट गरिएको प्रष्ट बुझिन्छ । महिना र गते खाली राखेर कम्युटरमा टाइप गरी प्रिन्ट निकालिएको छ । उक्त मिति भने पछि हातले लेखिएको देखिन्छ ।

    ‘यस दलको तर्फबाट प्रतिनिधि सभाका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८(१) (क) बमोजिम कार्य नगरि दलको निर्देशन (ह्विप) उल्लंघन गरेकाले यस दलको केन्द्रीय कमिटीको मिति २०७८/०४/२५ को निर्णयअनुसार ऐ ऐनको दफा ३२ (२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहने गरी यस दलबाट समेत निष्काशन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपिसमेत साथै राखि यो सूचना गरिएको छ । दफा ३५ बमोजिम तत्काल सदनलाई जानकारी गराइ दफा २६ बमोजिम स्थान रिक्तको सूचना निर्वाचन आयोगमा शीघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ,’ केपी शर्मा ओलीले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ ।

    संसद् सचिवालयमा बुझाइएको पत्रअनुसार माधवकुमार नेपालसहित १४ जनालाई पदमुक्त गरिएको उल्लेख छ ।

    कारवाहीमा परेका १४ सांसद

    १) माधवकुमार नेपाल

    २) जीवनराम श्रेष्ठ

    ३) मुकुन्द न्यौपाने

    ४) रामकुमारी झाँक्री

    ५) कल्याणीकुमारी खड्का

    ६) लक्ष्मीकुमारी चौधरी

    ७) नीरादेवी जैरु

    ८) पुष्पाकुमारी कर्ण कायस्थ

    ९) सरलाकुमारी यादव

    १०) कलिला खातुन

    ११) विरोध खतिवडा

    १२) कृष्णलाल महर्जन

    १३) भवानी खापुङ

    १४) मेटमणि चौधरी

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय