

नेकपा एमालेले पार्टीको अनुशासन विपरीत आचरण गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ ।
एमालेले उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद सचिवालयमा र निर्वाचन आयोगमा पत्र बुझाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कारबाहीका लागि संसद सचिवालयमा पठाएको पत्रको बोधार्थ आयोगमा आइपुगेको जानकारी दिए ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीले संसद सचिवालयमा पुगेर कारबाहीको पत्र दर्ता गराएका थिए ।
कारबाहीमा परेका नेपाल समूहका सांसद :
१.माधव नेपाल
२.विरोध खतिवडा
३.मेटमणी चौधरी
४.जीवनराम श्रेष्ठ
५.मुकुन्द न्यौपाने
६.कृष्णलाल महर्जन
७.रामकुमारी झाँक्री
८.कल्याणी खड्का
९.लक्ष्मीकुमारी चौधरी
१०.निरादेवी जैरु
११.पुष्पाकुमारी कर्ण
१२.सरला यादव
१३.कलिला खातुन
१४.भवानी खापुङ
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
