• अफगानिस्तानबाट स्वदेश फर्किए १ सय ६४ नेपाली

  • काठमाडौं । २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् ।

    तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए ।

    अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको रेकर्डमा देखाएको बताए ।

    आइतबार राजधानी काबुल पनि तालिवानले पूर्णरुपमा नियन्त्रणमा लिएसँगैं थप नेपाली कामदारको उद्धार सुरु भएको छ ।

    काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले सोमबार कतारको राजधानी दोहा पुर्याएको छ ।

    आइतबार ५० जना दोहा पुर्याएकोमा सोमबार अपरान्ह तीन सय ३५ जनालाई उद्धार गरिएको छ । उनीहरुमध्ये केही मंगलबार स्वदेश आइपुग्नेछन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय