• भूपू गोर्खा सैनिकलाई अनशन फिर्ता लिन नेपाल सरकारको आह्वान

  • बेलायतको राजधानी लन्डनमा भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनशनप्रति नेपाल सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले आमरण अनशनलगायत फिर्ता लिनका लागि भूतपूर्व गोर्खा सैनिकसँग आग्रह गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलेले भूपू गोर्खा सैनिकहरूको माग सम्बोधनका लागि कूटनीतिक पहल थालिएको पनि जानकारी दिए ।

    ‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया अघि बढिसकेकाले आमरण अनशन लगायत फिर्ता लिनका लागि भूतपूर्व गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गर्ने निर्णय भयो,’ कार्कीले भने ।

    भूतपूर्व ब्रिटिस सैनिकहरूले समान अधिकारको माग राख्दै आमरण अनशन थालेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय