![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/deuwabidhya.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा. आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका हुन् ।
सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्ध भविष्यमा थप विकसित हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)