• देशभर थप २,६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ६६७ पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १ हजार ३२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय