• राष्ट्रपतिद्वारा नारायणहिटी संग्रहालयको अवलोकन

  • राष्ट्रपति विद्यादेवी भण्डारी नारायणहिटी संग्रहालय पुगेर अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान नारायणहिटी संग्राहलयमा करिब २ घण्टा बिताएकी थिइन् ।

    राष्ट्रपति भण्डारीले अनौपचारिक भ्रमण गरेको नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । निषेधाज्ञाका कारण सर्वसाधारणका लागि संग्रहालय बन्द रहेको छ ।

    संग्रहालयमा राष्ट्रपतिले दरवार हत्याकाण्ड भएको स्थल र राजारानीले फिल्म हेर्ने हलको समेत अवलोकन गरेकी थिइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय