• थप ३,९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षणमा १ हजार १५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन्।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १० हजार २३९ पुगेको छ। ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय