• प्रहरीमा नयाँ तलबमान, कसको कति ?

  • सरकारले सरकारी कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको छ । अध्यादेशमार्फत जारी बजेटमा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २ हजारका दरले तलब बढाउने उल्लेख छ । मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय गरेको छ ।

    यही साउन १ गतेदेखि प्रहरीको पनि नयाँ तलब स्केल लागू भएको छ । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरूपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय