• थ्रीस्टारका कप्तान विक्रम लामासँग एक वर्ष सम्झौता नवीकरण

  • काठमाडौं। थ्रीस्टार क्लबले कप्तान विक्रम लामासँग सम्झौता नवीकरण गरेको छ। ११ वर्षदेखि थ्रीस्टारमा बिताइसकेका विक्रम थप एक वर्ष क्लबमा रहने भएका हुन्।

    आगामी शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै थ्रीस्टारले कप्तान विक्रमसँग सम्झौता नवीकरण गरेको हो। ए डिभिजन लिग २९ कात्तिकदेखि सुरू हुँदैछ।

    विक्रमले थ्रीस्टारसँगको सम्झाैता नवीकरण हुँदा खुसी लागेको प्रतिक्रिया दिए। उनले थ्री स्टार उपाधिको दाबेदारमध्ये एक भएकाे बताए।

    थ्री स्टारले नयाँ सिजनका लागि यसअघि नै डिफेन्डर अनन्त तामाङ र निशान खड्का तथा मिडफिल्डर सन्जोग राईसँग सम्झौता नवीकरण गरिसकेको छ।

    यस्तै राष्ट्रिय टिमका युवा मिडफिल्डर आयुष घलान र अर्का मिडफिल्डर डोना थापालाई पनि थ्रीस्टारले अनुबन्ध गरेको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस