![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/deuwa.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का १/२ वटा विषय मिलाएपछि संसद्मा पेश हुने बताएका छन् ।
बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बुधबार भएको संस्थापन पक्षको बैठकमा देउवाले एमसीसीमा केही विषय मिलाएपछि पारितका लागि संसद्मा पेश गरिने बताएका हुन् ।
एससिसीलाई संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा राख्न प्रचण्ड तयार नभएको बारेमा भने प्रधानमन्त्री मौन बसेको बैठकमा सहभागी कांग्रेस नेता एवं कर्णाली प्रदेश सांसद जीवनबहादुर शाहीले बताए । उनले उपसभापति विमलेन्द्र निधिले एमसिसीको विषयमा किन न्यूनतम साझा कार्यक्रम मौन छ? भनी सोधेका थिए ।
त्यसपछि देउवाले केही विषय परिवर्तन गरेर संसदमा पेस गर्ने जवाफ दिएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधनसहित एमसिसी पास गर्नुपर्ने बताइरहेका छन् ।
एमसिसी प्रतिनिधिसभामा छ। तर छलफलका लागि पेश गरिएको छैन । एमसिसीमार्फत् अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने भने पनि यो स्वीकार गर्ने कि नगर्ने भन्ने विवाद छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)