• एकताका लागि सक्रिय नेतालाई बदनाम गराउन खोजियो : भीम आचार्य

  • नेकपा एमालेको माधव नेपाल पक्षका नेता तथा स्थायी कमिटी सदस्य भीम आचार्यले ८ बुँदे प्रस्ताव गर्दै एकताका लागि सक्रिय नेतालाई बदनाम गराउन खोजिएको बताएका छन् । आचार्यले सामाजिक संजालमा एकताका लागि सक्रिय नेतामाथि आक्रमणको प्रयास भएको उल्लेख गरेका छन् । उनले एमालेमा विभाजनकारी प्रवृति हाबी भएको दाबीसमेत गरेका छन् ।

    ‘यतिबेला नेकपा एमालेमा विभाजनकारी प्रवृत्ति हावी भएकोले यो गम्भीर संकटबाट गुज्रिरहेको छ,’ आचार्यको भनाई छ । उनले ओली समूहमा २०७७ फागुन २८ गतेबाट विकास भएको प्रवृति कायमै रहेको टिप्पणी गरेका छन् ।

    ‘फागुन २८ गते बाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरु कतिपय बोली, वचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्,’ आचार्यले भनेका छन् ।

    अर्कोतिर उक्त प्रवृतिको विरोध गर्ने नेपाल समूह पनि विभाजनकै लागि क्रियाकलाप गरिरहेको उनको आरोप छ ।

    एमालेको विवाद समाधानका लागि सक्रिय नेता हुन् । उनी विघटित कार्यदलमा नभए पनि समस्या हल गर्न सक्रिय भएका थिए ।

    यतिबेला नेकपा एमाले मा बिभाजन कारी प्रबृत्ति हाबि भएको ले यो गम्भिर संकटबाट गुज्रिरहेको छ।

    (१) एकातिर गत फागुन २८ गतेबाट सुरु भएको बिभाजन कारी प्रबृत्ति हरु कतिपय बोलि, बचन, काम, ब्यवहार र निर्णय हरु मा हालसम्म पनि प्रकट भैरहेका छन्।

    (२) अर्कोतिर त्यो प्रवृत्तिको बिरोध मा पार्टी एकता को झण्डा उठाउनु पर्ने अपेक्षा गरिएको पक्ष्यका काम, कारबाही,सर्त,माग र गतिविधि हरु बिभाजन कै पक्ष्यमा प्रकट भैरहेका हुन कि भन्ने आशंका बढेर गएको छ।

    (३)पक्ष्य २ वटा प्रबृति एउटै बिभाजन कारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

    (४)दुनियाभरकै प्रतिकृयावादी शक्ति हरु, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्वहरू र राम्रो काम गरेर होईन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धि शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरीरहेको छ।

    (५) नेकपा एमालेका देश बिदेशमा भयका लाखौं कार्यकर्ता,समर्थक,सुभचिन्तक तथा जनसमुदाय हरु नेपालको बामपन्थी आन्दोलन र नेकपा एमाले को एकता को पक्ष्यका छन् तर उनिहरु पार्टी बचोस भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भयका छन र विडम्बना उनी हरु नेतृत्व विहिन पनि छन्।

    (६)गत असार २७ गते भएको १०बुदे सहमति सम्मान जनक पार्टी एकता को मुख्य आधार हो। यसैमा टेकेर एकता को शुभारम्भ गर्दै थप समस्या हरु हल गर्दै जान सकिन्छ।विना जालझेल, छलछाम र हिच्किचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ।

    (७)हाल पार्टी एकता को कुरा गर्ने हरु माथि आक्रमण गर्ने, निरुत्साहित-हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयास हरु भैरहेका छन्। त्यसबाट एकता पक्ष्यधरहरु हतोत्साहित हुनु हुदैन।

    (८)टुट-फुट र बिभाजन कारी प्रबृत्ति लाई हतोत्साहित गर्दै संगिन घडी मा पुगेको पार्टी एकता को रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश-विदेशमा रहनुभएका सम्पूर्ण न्याय प्रेमी नेपाली दाजुभाई दिदी बहिनी हरु मा हार्दिक अपिल गर्दछु।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय