• मनसुन थप सक्रिय : भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

  • काठमाडौं । आजबाट मनसुन थप सक्रिय भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा मनसुन थप सक्रिय भएको हो । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा देशभरी मनसुन सक्रिय हुने र बिहीबारदेखि केही दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

    बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नली तथा खोलामा पानीको सतह बढ्ने तथा गेग्रान बहावको सम्भावना रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । कमजोर पहाडी भू–भागमा पहिरो तथा भू–क्षयको सम्भावना उच्च हुने हुँदा सकेसम्म सुरक्षित स्थानमा स्थानान्तरण हुन मौसमविद्को सुुझाव छ ।

    नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरु सतर्क हरनुपर्ने भन्दै स्थानीय प्रशासनको सूचनाको ख्याल गर्न तथा आग्रह अनुसार बस्न पनि मौसमविद्हरुको आग्रह छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय