• जब वामदेवले ओलीलाई थर्काए

  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम साेमबार बसेको स्थायी कमिटी बैठकमा आक्रोसित भएका छन् । उनले पार्टी अध्यक्ष ओलीप्रति व्यंग्य गर्दै कम्युनिष्ट पार्टीमा अध्यक्षलाई पनि मनपरी बोल्ने छुट नहुने बताए । राजनीतिक मतभिन्नताकै कारण अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरुमाथि मनपरी आरोप लगाएको भन्दै उनले आपत्ति समेत जनाए ।

    सोमबार च्यासलमा बसेको स्थायी कमिटी बैठकमा गौतमले ओलीलाई थर्काउने गरी धारणा रोखका हुन । ‘वरिष्ठ नेता माधवकुमार नेपालसँग राजनीतिक मतभिन्नताकै कारण अध्यक्ष कमरेडले अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले यस्तो भन्न पाइन्छ रु पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो’, बैठकमा गौतमले भने ।

    बैठक शुरु हुनु अघिबाटै उपाध्यक्ष गौतम र ओली निकट नेताहरुबीच घोचपेच शुरु भएको एक नेताको भनाई छ ।अनौपचारिक छलफलकै क्रममा स्थायी कमिटीका पदेन सदस्य केशव बडालले राष्ट्रियसभामा गौतमले बोलेको प्रसंग निकालेपछि केहीबेर अवस्था असहज समेत भएको थियो ।

    गौतमले अध्यक्ष ओलीले बोलेको विषय उठाउँदै राजनीतिक मतभिन्नताकै कारण गम्भीर आरोप लगाइनुलाई ठीक मान्ने हो भने पार्टी विधान संशोधन गरिनुपर्ने बताए । प्रधानमन्त्रीबाट पदच्यूत भएपछि बालुवाटार छाडेर बालकोट पुगेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार, देशद्रोही जस्ता आरोप लगाएकोबारे गौतमले यस्तो धारणा राखेका हुन । त्यसप्रति संकेत गर्दै उपाध्यक्ष गौतमले भने, ‘आममाफी दिने अध्यक्षका अधिकार हुन् भन्ने थपौं ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय