• भूमि आयोग विघटनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

  • भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालत सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।

    सो मुद्दामा ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदैछ । रिटमा आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दाबी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रवार नै दर्ता गराएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस