• एमालेको विघटित कार्यदल सदस्यबीच आन्तरिक छलफल

  • नेकपा एमालेको विघटित कार्यदलका नेताहरूबीच पार्टी एकताबारे छलफल भइरहेको छ । आइतबार बिहानैबाट गोप्य रूपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ ।

    पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको र बेलुकासम्म कुनै परिणाम आउन सक्ने वार्तामा सहभागी एक नेताले बताए । माधव नेपाल पक्ष एकतामा जाने तर १०बुँदै सहमतिलाई आधार मान्न नसकिने बताउँदै आएको छ ।

    गत शुक्रबार सकिएको नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो । साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो ।

    यता आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ । आवश्यक तयारी पूरा नभएकाले सोमबारसम्मलाई बैठक सारेको एमाले नेताहरूले बताएका छन् । तर, कस्तो तयारी भन्नेबारे उनीहरूले केही खुलाएका छैनन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय