• पार्टी सदस्यता नवीकरण र अधिवेशन रोक्न नेपाल पक्षको माग

  • काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी सदस्यता वितरण र अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ।

    नेपाल पक्षको बिहीबारदेखि शुरु भएको केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताए।

    १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेको नेता रघुजी पन्तले बताए।

    १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ।

    केहीदिनअघि बसेको ओली पक्षको बैठकले पार्टी सदस्यता वितरण र अधिवेशनको प्रक्रिया थाल्ने निर्णय गरेको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय