• देउवा निवासमा कांग्रेस शीर्ष नेताको बैठक बस्दै

  • काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ।

    बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनेछन्।

    क्रियाशील सदस्यता छानविन समितिले सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी बैठकले शीर्ष तीन नेतालाई दिएको थियो। शीर्ष नेताहरुलाई विवाद समाधभानका लागि पाँच दिनको समय दिइएको थियो।

    क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ।

    तर बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको हो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस