• भारतमा पनि बढ्न थाल्यो कोरोना संक्रमण

  • भारतमा गएको २४ घण्टाको अवधिमा कोरोना भाइरसका संक्रमित हुनेको संख्या बढेको छ । गएको २४ घण्टामा ४२ हजार ६२५ नयाँ संक्रमित थपिएका हुन् ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या ३ करोड १७ लाख ६९ हजार १३२ पुगेको जनाएको छ ।

    सोही अवधिमा ३६ हजार ६६८ जना कोरोनामुक्त भएसँगै हालसम्म ३ करोड नौ लाख ३३ हजार २२ जना कोरोनामुक्त भएका हुन् । हाल चार लाख १० हजार ३५३ जना सक्रिय संक्रमित छन् ।

    मन्त्रालयका अनुसार हालसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज खोप लगाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय